News Portal

  • नेपाल इन्स्योरेन्सको खुद नाफा र बीमाशुल्क दुबैमा बृद्धि

    आर्थीकसंसार संवाददाता२८ वैशाख, २०७८
    ५८९ पटक
    २८ वैशाख, २०७८

    काठमाडौं । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको ९ महिनामा खुद नाफा २६.८८ प्रतिशतले बढाउन सफल भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोही अवधिमा १७ करोड रुपैयाँ बढी नाफा कमाएको छ ।
    समीक्षा अवधिमा कम्पनीको नाफासँगै खुद बीमाशुल्क पनि ३५.२८ प्रतिशतले बढेर ५८ करोड १८ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको चैत मसान्तमा ४३ करोड १ लाख रुपैयाँ रहेको थियो ।
    यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १९.७२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७९.१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४२.५५ गुणा रहेको छ ।
    हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ४० करोड १७ लाख रुपैयाँ र बीमा कोषमा ५० करोड ७१ लाख रुपैयाँ सञ्चित रहेको छ । साथै, कम्पनीले चालुु आवको पहिलो ९ महिनामा १ लाख ११ हजार ७६६ वटा बीमालेख जारी गरी ९६ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, ४ हजार ६०४ वटा बीमालेख बापत ४८ करोड ४८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्