News Portal

  • बीमा कम्पनीहरु जेठ १३ गतेसम्म बन्द हुने

    आर्थीकसंसार संवाददाता२८ वैशाख, २०७८
    ९४४ पटक
    २८ वैशाख, २०७८

    काठमाडौं । अब बीमा कम्पनीहरु जेठ १३ गतेसम्म बन्द हुने भएका छन् । मंगलबार काठमाडौं ललितपुर र भक्तपुर जिल्ला प्रमुख अधिकारीहरुले बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेसँगै हाल न्युनतम कर्मचारीमार्फत शाखा सञ्चालन गरिरहेका उक्त कम्पनीहरू आगामी जेठ १३ गतेसम्म बन्द हुने भएका छन् ।
    बैठकले अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, बीमालगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने र न्युनतम कर्मचारी मात्र उपस्थित भई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने निर्णय भएको हो ।
    यस्तै, बैंक वित्तीय संस्थाहरु भने न्युनतम कर्मचारी र शाखाहरु सञ्चालन गरी काम गर्न पाउने छन् । बैंक तथा वित्तीय संस्थाको हकमा काठमाडौं उपत्यकाको हकमा २५ प्रतिशत शाखा कार्यालयहरु मात्र खुल्ला गर्ने र केन्द्रीय कार्यालयहरुले २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउने । सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा दिने ।
    बैंक तथा वित्तीय संस्थाका सवारी साधन सञ्चालनको हकमा सिमित सवारी पास जारी गरी सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा दिने ।

     

    प्रतिकृया दिनुहोस्