News Portal

  • राष्ट्रिय वाणिज्य बैंकले साढे २ अर्बको ऋणपत्र जारी गर्ने

    आर्थीकसंसार संवाददाता२७ वैशाख, २०७८
    ५१९ पटक
    २७ वैशाख, २०७८

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले साढे दुई अर्ब रुपैयाँ बराबरको डिबेन्चर (ऋणपत्र) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै बैंकले ६ वर्षे अवधि रहेको सो मात्राको ऋणपत्र निष्काशन गर्ने भएको हो । ‘८.५ प्रतिशत आरबीबीएल डिबेन्चर २०८६’ नामको उक्त ऋणपत्र निष्काशन गर्न कम्पनीले गत बैशाख २२ गते नै बोर्डको अनुमति पाएको हो । यससँगै बैंकले ८.५ प्रतिशत व्याजदरमा २ लाख ५० हजार कित्ता ऋणपत्र जारी गर्ने छ ।
    सोमध्ये बैंकले व्यक्तिगत तवरबाट एक लाख ५० कित्ता र सर्वसाधारण तवरबाट एक लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

    प्रतिकृया दिनुहोस्