News Portal

  • थप ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

    उपत्यकामा मात्रै ३ हजार ५ सय ९५

    आर्थीकसंसार संवाददाता१९ बैशाख, २०७८
    ५१५ पटक
    १९ बैशाख, २०७८

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ३ हजार ५ सय ९५ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार ७ सय ४४ ललितपुरमा ५ सय ५० र भक्तपुरमा ३ सय १ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
    पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय २५ पुगेको छ ।
    गत २४ घण्टामा १ हजार ६ सय १२ जना डिस्चार्ज भएका छन् । हालसम्म ४८ हजार ७ सय ११ सक्रिय संक्रमित रहेका छन् ।

    प्रतिकृया दिनुहोस्