News Portal

  • युनाईटेड फाइनान्सको सेयर कारोबार रोक्का

    आर्थीकसंसार संवाददाता१९ वैशाख, २०७८
    ११७४ पटक
    १९ वैशाख, २०७८

    काठमाडौं । युनाइटेड फाइनान्सको बैशाख १९ गतेदेखि सेयर कारोबार रोक्का भएको छ । नबिल बैंकले संस्थालाई प्राप्ति अर्थात एक्वायर गर्ने प्रक्रिया अगाडि बढाएसँगै नेप्सेले संस्थाको दोस्रो बजारमा सेयर कारोबार रोक्का गरिदिएको हो ।
    नबिल बैंकले संस्थालाई प्राप्ति गर्नका लागि गत बैशाख १७ गते शुक्रबार प्रारम्भिक सहमति पत्र (एमओयू)मा हस्ताक्षर भएको थियो । उक्त सहमतिपत्रमा नबिल बैंकको तर्फबाट मर्जर÷प्राप्ति कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर÷प्राप्ति कमिटी सदस्य मनिष खेम्काले हस्ताक्षर गरेका हुन् । उक्त प्राप्ति गर्ने प्रक्रिया पूरा नभएसम्म संस्थाको सेयर कारोबार रोक्का हुने छ ।

    प्रतिकृया दिनुहोस्