News Portal

  • युनाइटेड इन्स्योरेन्सको सिईओमा उपासना पौडेल नियुक्ति

    आर्थीकसंसार संवाददाता१९ वैशाख, २०७८
    ५९३ पटक
    १९ वैशाख, २०७८

    काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागि उपासना पौैडेललाई नियुक्त गरिएकोछ ।
    पौडेलको नियुक्तिसँगै उहाँ बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत हुनुभएको छ भने अर्कोतर्फ हालसम्मकै कम उमेर अर्थात ३४ वर्षको उमेरमा उक्त गरिमामय पदमा बहाल हुन सफल हुनुभएको छ । विगत एक दशकभन्दा बढी कार्यानुभव भएको तथा छिमेकी मुलुक भारतको दिल्ली विश्वविद्यालयको ँबअगतिथ या ःबलबनझभलत क्तगमष्भक (ँःक्) बाट एम.बि.एसम्मको अध्ययन पुरा गर्नुभएको पौडेलले भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गर्नुभएको हो । उहाँ युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. मा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आउनु भएको थियो । उहाँको कार्य सम्पादनप्रति सन्तुष्ट कम्पनीले उहाँलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट सम्भव हुने कुरामा विश्वास लिने उहाँ कर्मचारीको त्भबm ध्यचप लाई विशेष ध्यान दिनुहुन्छ । उहाँकोे आगमनसँगै कम्पनी निरन्तर अगाडि बढिरहेको अवस्थामा उहाँको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्तीसँगै थप उचाईमा पुग्ने कुरामा विश्वास लिन सकिन्छ ।

    प्रतिकृया दिनुहोस्