News Portal

  • एनआईसी बैंकको मोबाइल एपमा अब कष्टमर केयर सेवा

    आर्थीकसंसार संवाददाता५ वैशाख, २०७८
    ५२३ पटक
    ५ वैशाख, २०७८

    काठमाडौं । अब एनआइसी एसिया बैंकको एपमार्फत कष्टमर केयरको सेवा पनि पाइने भएको छ । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रही नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको बैंकले अब एपमार्फत नै कष्टमर केयर सेवा प्रदान गर्ने भएको हो ।
    एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमा सहज डिजिटल कारोबारको अलावा पृथक एवं ग्राहकमैत्री सेवाको लागि मोबाइल बैंकिङ्ग एपमा कष्टमर केयरको सेवा सुरुवात गरेको हो ।
    ‘डिजिटल फस्ट बैंक’बन्ने दीर्घकालीन रणनीतिअनुरुप आफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटल मैत्री बनाउने क्रममा यो सेवाबाट डिजिटल बैंकिङ्ग प्रवद्र्धनमा समेत ठोस टेवा पुग्ने बैंकले अपेक्षा लिएको छ । सो एपमा च्याटबटको सुविधा पनि छ । मोबाइल बैंकिङ्ग एप भित्र रहेको यो सुविधा भित्र ग्राहकले बैंकको अनलाईन सेवाहरू (ईन्टरनेट÷मोबाइल÷भाइबर, मर्चेन्ट भुक्तानी), विदेशी विनिमय दर, गुनासो, अलाइन एप्लिकेसन, बैंकिङ्ग समय, जस्ता विषयमा जानकारी पाउनको लागिसोझै च्याटमार्फत सजिलै प्राप्त गर्न सकिने छ । यस्तै, सो एपमार्फत बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क, गुनासो टिकट, ईमेल सुविधा र फ्याक्सको सुविधा रहेको छ ।
    ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल प्रयोग गरी यस बैंकका सेवासम्बन्धी जानकारी लिन, गुनासो एवं आफ्नो बैंकिङ्ग आवश्यकतालाई हरसम्भव बैंक समक्ष पुर्याउन यो सुरुवात निकै प्रभावकारी हुनुका साथै यसबाट ग्राहक महानुभावहरूमा सन्तुष्टि बृद्धि गर्ने बैंकले विश्वास लिएको छ ।
    बैंकको मुलुकभर ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुनपुगेको छ । २२ लाखभन्दा बढी ग्राहक साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू उत्साहप्रद छन् । बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्