News Portal

  • कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार सांसदलाई एमालेको कारबाही

    एमालेको साधारण सदस्य समेत नरहने गरी निस्कासन

    आर्थीकसंसार संवाददाता३ वैशाख, २०७८
    ९५३ पटक
    ३ वैशाख, २०७८

    काठमाडौं । नेकपा एमालेको संसदीय दलले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ (संसदीय दलको ह्वीप उल्लंघन) गर्ने चार जना सांसदलाई कारबाहीका लागि सिफारिस गरेको छ । प्रकाश ज्वाला, नन्दसिंह बूढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई कारबाही गर्ने निर्णय गरेको छ । आज कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिन सहयोग पुर्याएका उनीहरूलाई कारबाहीका लागि सिफारिस गरिएको हो ।
    नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई कारबाहीका लागि सिफारिस गरिएको बताए । मुख्यमन्त्री शाहीको प्रस्तावको पक्षमा मत हाल्न फ्लोरमा जाने देवी ओलीलाई भने चित्तबुझ्दो जवाफ दिन भनिएको छ । मुख्यमन्त्री शाहीको प्रस्तावको पक्षमा एमालेका चार सांसदले मत हाल्दा उनको पद जोगिएको थियो ।
    कर्णालीमा आज भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत माग्न गरेको प्रस्तावमा यी चार सांसदले पक्षमा मतदान गरी ‘फ्लोर क्रस’ गरेका थिए । कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्नुअघिसम्म एमाले संसदीय दलका नेता यामलाल कँडेल पारित नहुनेमा ढुक्क थिए । उनलाई भावी मुख्यमन्त्रीको रूपमा चर्चा गर्न थालिइसकेको थियो । तर, उनले नसोचेको मत परिणाम आयो । कर्णाली सरकारले विश्वासको मत लिएपछि कँडेल आफ्नो पार्टीबाट ‘फ्लोर क्रस’ गर्ने सांसदहरुप्रति आक्रोशित बनेका छन् ।
    संसदीय व्यवस्थामा सम्बन्धित दलले ह्वीप जारी गरेको अवस्थामा पनि ‘फ्लोर क्रस’ हुनुलाई सामान्य मानिँदैन । यसले कुनै न कुनै रुपमा संसदीय व्यवस्थालाई अवमूल्यन गर्छ भन्ने मान्यता राख्दछ । तर संसदमा नै उपस्थित भएर पार्टी ह्वीप उल्लंघन गरेको भने यो पहिलो पटक हो । २०५१ सालमा गिरिजाप्रसाद कोइरालाको सरकार ढल्यो, पछि २०५३ चैत्र १३ गते आफ्नै पार्टीमा दुई सांसद दीपकबहादुर शाही र चक्रबहादुर शाही उपस्थित नहुँदा शेरबहादुर देउवाको सरकार ढलेको थियो तर ‘फ्लोर क्रस’ भने भएको थिएन ।’

    प्रतिकृया दिनुहोस्