News Portal

  • राष्ट्रिय सहकारी बैंकद्वारा संरक्षित फिर्ता पुँजी कोषको रकम बाँडफाँड

    आर्थीकसंसार संवाददाता३ वैशाख, २०७८
    १०३२ पटक
    ३ वैशाख, २०७८

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को प्रावधानअनुरूप आर्थिक वर्ष २०७६÷०७७ को संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य सम्पन्न गरेको छ ।
    बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट प्राप्त हुने रकम यस सहकारी बैंकमा नियमित कारोबार गर्ने संघ तथा संस्थाको खातामा जम्मा गर्ने व्यवस्था मिलाएको छ । सदस्य संघ÷सस्थाले जम्मा गरेको बचत रकमको लागी ४० प्रतिशत र कर्जामा तिरेको ब्याजको लागि ६० प्रतिशत भारको आधारमा संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको हो ।
    बचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ सम्पूर्ण संघ तथा संस्थाहरु आव २०७६÷०७७ को संरक्षित पुँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेवापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचततर्फ रु। ४३ लाख ४ हजारसम्म र कर्जातर्फ १२ लाख १८ हजारसम्म प्राप्त गर्न सफल भएका छन् । ५० हजार भन्दा भन्दा बढी संरक्षित पुँजी फिर्ता कोष रकम प्राप्त गर्ने सहकारी संघ÷संस्थाहरु ५ सय ४९ रहेका छन् । यसअघि बैंकले आफ्ना सदस्य सहकारी संघ÷संस्थाहरुलाई आव २०७६÷०७७ को लागि बैंकको १७औं साधारणसभाबाट पारित गरी १५ प्रतिशत लाभांश वितरण गरिसकेको छ । बैंकले नियमित बचत तथा कर्जाको कारोबार गर्ने र संरक्षित पुँजी फिर्ता कोषबाट रकम पाउने सम्पूर्ण सहकारी संघरसंस्थाहरुलाई बधाई व्यक्त गर्दै आगामी दिनहरुमा समेत सहकारी बैंकमा कारोबार गरी संरक्षित पुँजी फिर्ता कोषबाट लाभ लिन अनुरोधसमेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्