News Portal

  • सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको त्रियुगामा

    आर्थीकसंसार संवाददाता३ वैशाख, २०७८
    ४३३ पटक
    ३ वैशाख, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको लालपत्तामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले १ सय ९औं शाखारहित बैंकिङ सेवाअन्तर्गत उक्त स्थानमा सेवा प्रारम्भ गरेको हो ।
    बैंकले उक्त स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी रोमा कुमारी थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।
    शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराइनेछ ।
    बैंकले देशभर १६७ वटा शाखा, ११३ वटा एटीएम र १०९ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट साढे नौ लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसैगरी बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग ग्राहकलाई वित्तीय आवश्यकताहरु डिजिटली च्यानलको माध्यमबाट प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्