News Portal

  • राष्ट्रिय खाद्य बैंक केही वर्षभित्रै आइपिओमा जाने

    आर्थीकसंसार संवाददाता२ वैशाख, २०७८
    १०३३ पटक
    २ वैशाख, २०७८

    काठमाडौं । राष्ट्रिय खाद्य बैंकको नयाँ बानेश्वरस्थीत केन्द्रीय कार्यालयको सुभारम्भ भएको छ । सो शुभारम्भको अवसरमा राष्ट्रिय खाद्य बैंक केही वर्षभित्रै आइपीओमा जाने भएको छ ।
    पोसिलो आहारको लागि दिगो कृषि भन्ने नाराका साथ केही महिना अघि मात्रै स्थापना भएको बैंकको केन्द्रीय कार्यालयको बिहीबार शुभारम्भ गरिएको बैकका अध्यक्ष शंकरनाथ उप्रेतीले जानकारी दिए । २ अर्ब लगानीमा देशब्यापी रुपमा व्यवसायिक कृषि उत्पादन गर्ने, भण्डारण तथा बजारीकरण गर्ने लक्ष्य उदेश्य साथ स्थापना भएको बैंक हो राष्ट्रिय खाद्य बैंक ।
    बैंकले कृषिमा परनिर्भरता घटाउने, कृषि उत्पादन बढाउने, रोजगारी बढाउने र अग्रानिक उत्पादनमा जोड दिएर जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्ने उद्देश्य लिएको छ ।
    हालसम्म यस बैंकमा ५९० जना प्रमोर्टर शेयर सदस्य रहेका छन् । बैंकले त्यसलाई बढाएर १ हजार जना प्रमोर्टर शेयर सदस्य बनाउने उद्घोष यसअघि नै गरिसकेको छ । सरकारी मापदण्ड पुरा गरी केही वर्षभित्रै आइपीओमा जाने समेत बैकको योजना रहेका छन् ।
    यस्तै बैंकले पहिलो चरणमा २३ वटा जिल्लामा यसबर्ष भित्र कृषि उत्पादनको काम थाल्ने प्रक्रिया सुरु गरिसकेको छ, जसको लागि बैंकले तराईका विभिन्न जिल्लाहरुमा करिव ६ सय विघा जमिन लिजमा लिइसकेको छ । यसै वर्षभित्र बैंकले उत्पादन गरेका आर्गानिक उन्मुख अनाजहरु शेयर सदस्यहरु तथा उपभोक्ताहरुले उपभोग गर्न पाउने पनि अध्यक्ष उप्रेतीले बताए ।

    प्रतिकृया दिनुहोस्