News Portal

  • एनआईसी एशियाका सीईओ रोशन कुमार न्यौपानेले पाए ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण

    आर्थीकसंसार संवाददाता२७ चैत्र, २०७७
    १०४६ पटक
    २७ चैत्र, २०७७

    काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण पाएका छन् । चैत २७ गते राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विभूषण प्रदान गरेकी हुन् ।
    नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६ साल भदौ ३१ गतेको निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस)का अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकोमा उक्त विभूषण प्रदान गरेको हो ।
    साथै, सोही समारोहका बीच राष्ट्रपति भण्डारीले बैंकका सहायक महाप्रबन्धक रन्जन खड्कालाई ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्