News Portal

  • बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा माछापोखरीको तरकारी बजारमा

    आर्थीकसंसार संवाददाता२७ चैत्र, २०७७
    १६५१ पटक
    २७ चैत्र, २०७७

    काठमाडौं । बैंक अफ काठमाण्डूले बजार विकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी (क्युआर कोड) सेवा सुरु गरेको छ । उक्त सेवाको उद्घाटन आज (चैत २७ गते) शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले गरेका हुन् ।
    बैंकले आफ्नो डिजिटल कारोबार (क्युआर कोड) विस्तारित गर्ने क्रममा उक्त स्थानमा सो सेवाको शुरुवात गरेको हो । उक्त औपचारिक शुभारम्भ कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले फलफूल तथा तरकारी खरिद गरी डिजिटल तवरले क्युआर कोड स्क्यान गरी भुक्तानी गरेका हुन् । उक्त कार्यक्रममा सम्बोधन गर्दै राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कँडेलले डिजिटल तवरले भुक्तानी गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू र कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिलाई धन्यवाद दिए ।
    उक्त कार्यक्रममा सम्बोधन गर्दै यस बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले यस नगदरहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडी बढाई रहेको जानकारी गराए । साथै, उक्त कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्यालले डिजिटल भुक्तानी प्रणालीको व्यवस्थापनमा सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए । हालसम्म बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्