News Portal

  • मेसु सार्न मेडिकल माफियाको चलखेल

    आर्थीकसंसार संवाददाता
    ९०८ पटक

    भैरहवा, २६ चैत । रुपन्देही जिल्लाको भैरहवामा अवस्थीत भीम अस्पतालका मेडिकल सुपरीडेण्टलाई सरुवा गर्न एक मेडिकलका सञ्चालक नै लागेको पाइएको छ ।

    अस्पतालका प्रमुख तथा मेडिकल सुपेरीडेण्ट डाक्टर शकुन्तला गुप्ताले बिराट मेडिकललाई मेडिकलमा औषधि खरिदमा सहयोग नगरेका कारण बिराट मेडिकलका सञ्चालक सुरज उपाध्यायले गुप्तालाई सरुवा गर्न अनेकाँै उपाय लगाएका छन् ।

    मेडिकलका सञ्चालक सुरज उपाध्यायका भिनाजु गोपाल उपाध्याय सिएमएकोरुपमा भिम अस्पतालमा कार्यरत रहेका छन् । उनैको निर्देशनमा पत्रकारलाई बिज्ञापन दिएर हुन्छ वा साँझको पार्टी खुवाएर हुन्छ नभएका समाचार मेसु बिरुद्ध लेख्न लगाई सुरज उपाध्याय लागि परेको भीम अस्पतालका एक जना कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

    मेसु सकुन्तला गुप्ता भीम अस्पतालमा आउनुभन्दा पहिले गोपाल सुचना अधिकारी भएका कारण अनेकौँ गतिबिधि उनिहरुलाई थाहा हुन्थ्यो । पत्रकारले निरन्तर समाचार लेखेर कथित सुचना अधिकारी पद गुमाएका गोपालले नै बिराट मेडिकलबाट औषधि खरिद गर्न बिरामीलाई भन्ने गरेको तर अहिले सबै बन्द भएका कारण साला भिनाजु छटपटिएको पाइएको छ ।

    गोपाल उपाध्यायका नाताकोरुपमा सालो पर्ने सुरज उपाध्यायले पहिलेको तुलनामा भिम अस्पतालका बिरामीहरुले औषधि बिराटमा किन्न भीमले रोकेपछि मेसुलाई नै सार्न अनेकौँ अस्त्र प्रयोग गर्न साला भेना लागेको एक मेडिकलका कर्मचारी बताउँछन् ।

    मेडिकलका सञ्चालक सुरज उपाध्याय पत्रकारलाई मासिक बिज्ञापन पत्रिकामा दिएर पत्रकारलाई आफ्नो हातमा लिएर सोहि बमोजिम मेसु बिरुद्ध समाचार लेखाएर हाल रहेकी मेसु सकुन्तला गुप्ताको सरुवा गर्न पैसा खर्च गर्न लागिरहेका छन् । भित्रका कर्मचारी पहिले गोपाल निकटका हुन्थे अहिले गोपाल सुचना अधिकारीबाट हटेका कारण मेडिकल माफिया सुरज उपाध्यायको छटपटि निरन्तर छ । जो पत्रकार भेटेपनि रक्सी मासु खुवाएर भएपनि पत्रकारलाई मेसु बिरुद्ध भए नभएका समाचार लेख्न मेडिकल माफिया सुरजले प्रयोग गरेको पाइएको हो । पत्रिकामा सुरज उपाध्यायले मासिक बिज्ञापन नै दिएर र केही पत्रकारहरुलाई मासिक रकम दिएर निरन्तर मेसु बिरुद्ध समाचार लेख्न प्रयोग गरेको समेत खुलेको छ ।

    प्रतिकृया दिनुहोस्