News Portal

  • बीएफआईएनले आईपीओ जारी गर्ने

    आर्थीकसंसार संवाददाता
    १३२५ पटक

    काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (बीएफआईएन)ले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित दरका ५५ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

    सो प्रयोजनको लागि संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको हो । बिक्री प्रबन्धक नियुक्त सम्बन्धी सम्झौतामा दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशन डा. विनोद आत्रेय र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका हुन् ।

    यससँगै संस्थाले नियामक निकाय नेपाल धताेपत्र बाेर्डकाे अनुमति पाएसँगै बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल मार्फत सो मात्रा अर्थात ५५ लाख रूपैयाँ बराबरको आईपीओ जारी गर्ने छ ।

    प्रतिकृया दिनुहोस्