News Portal

  • सिटिजन्सद्वारा अन्तर्राष्ट्रिय भुक्तानीको लागि युएसडी इ–कम कार्डको सुरु

    आर्थीकसंसार संवाददाता१८ चैत्र, २०७७
    ९६४ पटक
    १८ चैत्र, २०७७

    काठमाडौं । सिटिजन्स बैक इन्टरनेसनलले युएसडी इ–कम कार्डको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार बैकले सो सुविधा प्रदान गर्न लागेको हो ।
    यो सुविधाअन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकैपटक वा पटकपटक गरी वार्षिक ५०० अमेरिकी डलर बराबरसम्मको रकम कार्डमा लोड गरी अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्नेछन् ।
    बैंकको अनुसार युएसडी इ–कम कार्ड प्रयोग गर्न चाहने ग्राहकहरुले आफ्नो खातामा ग्राहक पहिचान विवरण अद्यावधिक गरेको एवं प्यान कार्ड लिएको हुनुपर्ने छ । यस कार्डबाट ग्राहकहरुले नेपाल र भारत बाहेकका देशहरुबाट अनलाईनमार्फत वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सक्नेछन् । यो कार्ड प्रयोग गरी एटिएम बाट नगद झिक्न तथा पिओएसमार्फत कारोबार गर्न नपाइने बैंकले जानकारी दिएको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १ सय ६७ वटा शाखा, १ सय १८ वटा एटिएम र १ सय ७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिब साढे नौ लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्