News Portal

  • माया खोला हाईड्रोपावरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

    आर्थीकसंसार संवाददाता१२ चैत्र, २०७७
    ६०२ पटक
    १२ चैत्र, २०७७

    काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको २४ लाख कित्ता शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
    सो नियुक्तिसम्बन्धी सम्झौता मिति २०७७ चैत्र १२ गते बिहीबार सम्पन्न भएको छ । सम्झौतामा माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष विजय मान शेरचन तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्ष गरेका छन् ।
    माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्