News Portal

  • महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त

    आर्थीकसंसार संवाददाता१ चैत्र, २०७७
    ८७६ पटक
    १ चैत्र, २०७७

    काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बोधराज देवकोटा नियुक्त भएका छन् । उनलाई बैंकको सञ्चालक समिति बैठकले सीईओमा नियुक्त गरेको हो ।
    दुई दशकदेखि बैंकिङ क्षेत्रमा अनुभव लिइसकेका देवकोटा यसअघि सिटिजन्स बैंकको नायव प्रमुख अधिकृतका रुपमा कार्यरत थिए । एक महिना अगाडि मात्रै उनले सिटिजन्स बैंक छाडेका थिए ।

    प्रतिकृया दिनुहोस्