News Portal

  • डेपुटी गभर्नरमा निलम ढुङ्गाना र बमबहादुर मिश्र नियुक्त

    राष्ट्र बैंकमा पहिलो पटक महिला डेपुटी गभर्नर

    आर्थीकसंसार संवाददाता२५ फागुन, २०७७
    २७१५ पटक
    २५ फागुन, २०७७

    काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पहिलोपटक महिलालाई नियुक्त गरेको छ । मन्त्रिपरिषदले डा. निलम ढुङ्गाना (तिम्सिना) र बमबहादुर मिश्रलाई ५ वर्षको लागि डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।
    राष्ट्र बैंकमा रिक्त रहेको दुई डेपुटी गभर्नर पदका लागि ब्यापक लबिङ हुँदै आएको थियो । डेपुटी गभर्नरको लागि निलम र बमबहादुर मिश्रसहित कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ, डा. गुणाकर भट्ट, देवकुमार ढकाल भुवन कँडेल, नेफिल मटाङ्गी मास्केलगायतको नाम चर्चामा थियो ।
    गभर्नर महाप्रसाद अधिकारीले मन्त्रिपरिदमा यस अगाडि पेश गरेका चार जनाको नाम भन्दा बाहिर गएर नियुक्त भएको छ । अधिकारीले डा. निलम ढुङ्गाना तिम्सिना, देव कुमार ढकाल, डा. गुणाकर भट्ट र डा. प्रकाशकुमार श्रेष्ठको नाम सिफारिस गरेतापनि बमबहादुर मिश्र भने सिफारिस गरिएको सूचि भन्दा बाहिरको हो ।
    गत फागुन १८ गते डेपुटी गर्भनरका रुपमा रहेका चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल सकिएपछि सो पद खाली रहेको थियो । दुबै जना एकैदिन अवकास भएपछि गभर्नर अधिकारीले अर्थमन्त्रालयलमा चार जनाको नाम सिफारिस गरेका थिए । सञ्चारमाध्यममा सार्वजनिक भएका नामभन्दा बाहिरबाट मिश्रको नियुक्ती भएको छ । राष्ट्र बैंकमा पहिलोपटक महिला डेपुटी गभर्नर नियुक्त भएको छ । हाल तिम्सिना नेपाल राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख रहेकी छिन् भने मिश्र विदेशी मुद्रा व्यवस्थापन विभागका प्रमुख रहेका छन् ।

    प्रतिकृया दिनुहोस्