News Portal

  • उपत्यकाबासिका लागि पानीको सपना पूरा

    आर्थीकसंसार संवाददाता२२ फागुन, २०७७
    १३७९ पटक
    २२ फागुन, २०७७

    काठमाडांै । काकाकुल काठमाडौंबासिका लागि बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झरेको छ ।
    आज प्रधानमन्त्री केपी शर्मा ओलीले बटम थिचेपछि फागुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको हो । परीक्षणका लागि सुरुङमा पठाइएको पानी हिजो अपरान्हसम्म सुन्दरीजलमा आइपुगेको र प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको अवलोकनसमेत गर्नुभएको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको थियो । समितिले गत शुक्रबारसम्म १९ किलोमिटरको दूरीमा पानी आइपुगेको, एक किलोमिटर जति असजिलो भाग रहेको र त्यसपछि बाँकी भाग ओरालो भएकाले हिजो पानी सुन्दरीजल आइपुग्ने बताएको थियो । यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको थियो । हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्नेछ । आयोजनाका अधिकारीहरुका अनुसार सुरुङबाट आएको फोहोर पानी सुरुमा बागमतीमा फालिनेछ ।

    प्रतिकृया दिनुहोस्