News Portal

  • महालक्ष्मी बैंकद्वारा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

    आर्थीकसंसार संवाददाता२० फागुन, २०७७
    ११२९ पटक
    २० फागुन, २०७७

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ सय ७० जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरेको छ ।
    बैंकले सिद्घार्थनगर दोगहरामा अवस्थित दुर्गा माध्यमिक विद्यालयमा अध्यनरत २ सय ७० जना विद्यालय पोशाक वितरण गरेको हो ।
    सो वडाका अध्यक्ष मुक्ति यादव र बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले विद्यार्थीका अभिभावकहरुलाई पोशाक वितरण गरेका थिए । उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक विद्यार्थी संघका पदाधिकारी, सम्पूर्ण शिक्षक, महालक्ष्मी बिकास बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    प्रतिकृया दिनुहोस्