News Portal

  • महालक्ष्मी लाइफको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता२० फागुन, २०७७
    २००३ पटक
    २० फागुन, २०७७

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरुलाई सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ । आज काठमाडौंको लेण्डमार्क होटलमा आयोजित तालिम कार्यक्रममा बागमती प्रदेशका सम्पूर्ण शाखा÷उपशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । कर्मचारीहरुलाई वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेल ले गैरकानुनी रुपमा आर्जित रकम कसरी बैंक र बीमाको माध्यमले शुद्धीकरण गरिन्छ, आपराधिक र आतंकवादी क्रियाकलापबाट आर्जित रकमको पहिचान कसरी गर्ने र शंकास्पद कारोबारको रिपोर्टिङ तरिका बारेमा तालिम दिनु भएको थियो । तालिममा बागमती प्रदेशका १५ जना प्रमुखहरुको सहभागिता रहेको थियो ।
    आजै सञ्चालिन हुने दोस्रो चरणको तालिममा बीमा प्रोडक्ट र यसको बिक्रीका क्षेत्रहरु, प्रभावकारी अण्डरराईटिङका तरिकाहरु र ग्रामीण क्षेत्रसम्म पुग्ने बजार रणनीतिका बारेमा तालिम सञ्चालन हुनेछ । नायव प्रमुख कार्यकारी अधिकृतद्वय कमल पन्थी र रामेश्वर श्रेष्ठ, मार्केटिङ विभाग प्रमुख प्रशान्तराज धमला र अण्डरपराईटिङ विभाग प्रमुख प्रभाकर न्यौपानेले तालिम दिने कार्यक्रम रहेको छ ।
    कम्पनीले २०७८ आषाढ मसान्तभित्र सातै प्रदेशका कार्यालय प्रमुख र कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी पुनर्ताजगी तालिम दिने कार्यक्रम बनाएको छ । त्यसैगरी यो तालिम क्रमशः अभिकर्ताहरुलाई पनि प्रदान गरी जीवन बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणलाई न्यूनीकरण गर्ने उद्देश्य राखिएको जानकारी प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

    प्रतिकृया दिनुहोस्