News Portal

  • मिर्मिरे लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१९ फागुन, २०७७
    २६६२ पटक
    १९ फागुन, २०७७

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको शाखा कार्यालय डंग्राहा, मोरङ्गले करिब १०० जना महिला सदस्य तथा विद्यार्थीको सहभागितामा वित्तीय साक्षरता जनचेतना, प्रहरी समुदाय साझेदारी कार्यक्रम र बीउ विजन वितरण कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
    महिला तथा बिद्यार्थीहरुको सहभागितामा बालविवाह, बहुविवाह, महिला हिंसा, लागू औषधीलगायत कानुनी व्यवस्थाका विषयमा इलाका प्रहरी कार्यालय, हरैचाका प्रतिनिधिले प्रस्तुत्तीकरण गरेका थिए । वित्तीय साक्षरताअन्तर्गत बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता विषयमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका तालिम तथा सामाजिक विकास प्रमुखले प्रस्तुत्तीकरण दिएको थियो ।
    त्यसैगरी कृषि प्राविधिक एकाराम माझी थारुले बेमौसमी तरकारी खेतीका बारेमा प्रशिक्षण साथै सहभागी सदस्यहरुलाई बेमौसमी तरकारीका बीउविजन वितरण गरिएको संस्थाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्