News Portal

  • मेगा बैंकका ग्राहकलाई देशभरका सिद्धार्थ ग्रुपमा विशेष छुट

    आर्थीकसंसार संवाददाता१८ फागुन, २०७७
    १३७६ पटक
    १८ फागुन, २०७७

    काठमाडौं । मेगा बैंक नेपालका ग्राहकहरुलाई सिद्धार्थ ग्रुप अफ बिजनेश हस्पिटालिटीबाट सञ्चालित होटल तथा रेष्टुरेण्टहरुमा विशेष छुट हुने भएको छ । सो सम्बन्धी मेगा बैंक र सिद्धार्थ ग्रुपबीच सम्झौता भएको छ ।
    उक्त सम्झौताअनुसार खाना तथा परिकारहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था गरिएको छ । सिद्धार्थ ग्रुपबाट देशका विभिन्न स्थानमा २१ वटा होटल, रिसोर्ट तथा रेष्टुरेण्ट सञ्चालित छन् । जसमध्ये काठमाडौं उपत्यकामा ८ वटा होटल तथा रेष्टुरेण्टहरु छन् ।
    अत्याधुनिक बैंकिङ सुविधाका साथसाथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस भन्ने उद्देश्यले मेगा बैंकले ग्राहकलाई यो छुटको व्यवस्था गरेको हो ।

    प्रतिकृया दिनुहोस्