News Portal

  • ज्योति लाइफको आईपीओ फागुन २३ देखि भर्न पाइने

    आर्थीकसंसार संवाददाता१५ फागुन, २०७७
    २१७५ पटक
    १५ फागुन, २०७७

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आगामी फागुन २३ गतेदेखि भर्न पाइने भएको छ । कम्पनीले सो दिनदेखि ६६ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा निष्काशन गर्ने भएको हो ।
    कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको ६६ लाख कित्ता अर्थात जारी पुँजीको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । र, बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
    फागुन २३ गतेदेखि निष्काशन हुने उक्त आईपीओमा इच्छुकले छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन पाउने छन् । उनीहरुले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’मार्फत आवेदन दिन सक्नेछन् ।
    कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । त्यस्तै, आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउँछ ।
    हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । ६६ करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँडपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

    प्रतिकृया दिनुहोस्