News Portal

  • एनआईसी एशियाको कार्ड प्रयोग गरी सस्थोडिलमा किनमेल गर्दा १२ प्रतिशत क्यासब्याक पाउने

    आर्थीकसंसार संवाददाता१५ फागुन, २०७७
    १४९९ पटक
    १५ फागुन, २०७७

    काठमाडौं । एनआईसी एशिया बैंकको ग्राहकले कार्ड प्रयोग गरी सस्थोडिलमा किनमेल गर्दा १२ प्रतिशत क्यासब्याक पाउने भएका छन् । ई–कमर्श प्ल्याटफर्म सस्थोडिलमा किनमेल गर्दा ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सकिने भएको हो ।
    बैंक र सस्तोडिलबीचको समझदारीअनुसार फागुन १५ देखि प्रत्येक शनिबार यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले आफुलाई चाहिएको सामग्री किनमेल गरी आकर्षक मौकाको फाइदा उठाउन सक्नेछन् । यसका लागि ग्राहकहरूले सामग्री खरिद गर्न कुल रकम भुक्तानी गर्नुपर्नेछ भने त्यसको सात कार्य दिनपछि बैंकले निजले प्राप्त गरेको नगद फिर्ता रकम सम्बन्धित बैंक खातामा जम्मा गरिदिने व्यवस्था गरेको छ ।
    बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

    प्रतिकृया दिनुहोस्