News Portal

  • एशियन लाइफद्वारा बीमितको घरैमै गएर दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता१३ फागुन, २०७७
    ५८७ पटक
    १३ फागुन, २०७७

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले विराटनगरका बीमित युश लामा र युश्मा लामाको घरमै गएर दाबी भुक्तानी गरेको छ । बीमित युश लामा र युश्मा लामाको अभिभावक एवं प्रस्तावक युवराज लामाको गत माघ ४ गते मृत्यु भएपछि कम्पनीले बीमितको घरमै गएर चेक हस्तान्तरण गरेको हो ।
    मृतक युवराज लामाले १० वर्ष अगाडि कम्पनीको ‘बाल उमङ्ग बीमा योजना’ आफ्ना दुई छोराछोरीलाई खरिद गरिदिएका थिए । एक लाख रुपैयाँको बीमाङ्क रकम रहेको यस योजनाको बाँकी अवधिको बीमा शुल्क बीमा कम्पनीले नै भुक्तानी गरिदिएको हो ।
    युवराज लामोको मृत्यु भएपछि बच्चाको संरक्षक आमा जमुना लामालाई किस्ता छुट एवं दुवै बच्चाको पढाइको लागि बीमाङ्क रकम र एक प्रतिशत हुने आउने रकम एक हजारको दरले १३/१३ हजारको एकमुष्ट चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
    बिहीबार एक कार्यक्रमका बीच मृतकको घरदैलौमा पुगि विराटनगर शाखाका शाखा प्रबन्धक सुजन भण्डारीले चेक हस्तान्तरण गरेका हुन् । यो योजनामा बिमीत बच्चा युश लामा र युश्मा लामाले १८ वर्ष हुञ्जेल प्रत्येक महिना १/१ हजारको दरले पढाई खर्चका साथै किस्ता बापतको रकम जम्मा गर्नु नपर्ने कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा शाखा प्रबन्धक भण्डारीले जीवन बिमा भनेको बाँचे आफैलाई जोखिम भए परिवारलाई हुने भएकाले सबैलाई जीवन बीमा गर्न अपिल गरेका थिए । उक्त कार्यक्रममा मृतकका परिवार, शिक्षक, समाजसेवी तथा आधिकारिक अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्