News Portal

  • पोखराको चिप्लेढुङ्गामा समृद्धि फाइनान्सको नयाँ शाखा विस्तार

    आर्थीकसंसार संवाददाता१३ फागुन, २०७७
    ५९६ पटक
    १३ फागुन, २०७७

    काठमाडौं । पोखराको चिप्लेढुङ्गामा समृद्धि फाइनान्सले शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका निर्देशक ईश्वरीप्रसाद भट्टराईले गरेका हुन् ।
    मकवानपुरको हेटौंडामा प्रधान कार्यालय रहेको उक्त कम्पनीको काठमाडौंको पुतलीसडक र बुटवलमा शाखा कार्यालय रहेको छ । चितवनको नारायणगढमा पाँचौं शाखा सञ्चालनमा आइसकेको र चाँडै उद्घाटन हुने पनि कम्पनीले जनाएको छ । नयाँ शाखा कार्यालयहरुसहित देशभरि कम्पनीको शाखा सञ्जाल पाँचवटा पुग्ने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्