News Portal

  • मन्जुश्री फाईनान्सको क्युआर कोड भुक्तानी सेवा सुरु

    आर्थीकसंसार संवाददाता१३ फागुन, २०७७
    ५२६ पटक
    १३ फागुन, २०७७

    काठमाडौं । मन्जुश्री फाइनान्सले क्युआर कोड भुक्तानी सेवा सुरु गरेको छ । नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले फाइनान्सले फागुन १३ गते बिहीबारबाट उक्त सेवा सुरु गरेको हो । यसै सिलशिलामा मन्जुश्रीले पहिलो क्युआर कोड नयाँ बानेश्वर स्थित ‘जय बाराही ट्रेडर्स’ लाई प्रदान गरेको छ ।
    ग्राहकको सुविधाको लागी स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा प्रारम्भ गरी ग्राहकले आफ्नो मोबाइल बैकिंङ एपबाट क्युआर स्क्यान गरी आफ्नो बचत खाताबाट बिना चेकनै एक लाख रुपैयाँसम्मको भुक्तानी लिन सक्नेछन् । यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाहलगायत आफ्ना ग्राहकलाई रेमिटान्स, मोबाइल बैंकिङ्ग, एटीएम कार्डलगायतका अन्य आधुनिक बैंकिङ्क सुविधा उपलब्ध उपलब्ध गराउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्