News Portal

  • जीवन्त एडभान्स काठमाडौंमा कुमारी बैंकका ग्राहकले छुट पाउने

    आर्थीकसंसार संवाददाता१२ फागुन, २०७७
    ११११ पटक
    १२ फागुन, २०७७

    काठमाडौं । कुमारी बैंकले जीवन्त एडभान्स काठमाडौं इमेजिङसँग सम्झौता गरेको छ । ग्राहकहरुलाई स्वास्थ्य र स्वास्थ्यसम्बन्धी विभिन्न सेवाहरु लिँदा सेवा प्रदायकबाट विशेष सहुलियतको व्यवस्थालाई विस्तार गर्दै उद्देश्य बैंकले सम्झौता गरेको जनाएको छ ।
    कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य तथा जीवन्त एडभान्स काठमाडौं इमेजिङका तर्फबाट प्रबन्ध निर्देशक ममता हमाल घिमिरेले हस्ताक्षर गरे । उक्त सम्झौतापछि जीवन्त एडभान्स काठमाडौं इमेजिङमा एमआरआई सीटी स्क्यानलगायत अल्ट्रा साउन्ड शुल्कमा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्