News Portal

  • लक्ष्मी बैंकको १२७औं शाखा महोत्तरीको सरपल्लोमा

    आर्थीकसंसार संवाददाता१२ फागुन, २०७७
    ६२५ पटक
    १२ फागुन, २०७७

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १२७औं शाखा महोत्तरी जिल्लाको सरपल्लो गाउँपालिकामा सञ्चालनमा ल्याएको छ ।
    यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२७ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५६ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्