News Portal

  • सिटिजन्सको शाखारहित बैंकिङ्ग सुर्खेत जिल्लाको तरङ्गामा

    आर्थीकसंसार संवाददाता११ फागुन, २०७७
    ५३८ पटक
    ११ फागुन, २०७७

    काठमाडौं । सिटिजन्स बैंकले अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ सुर्खेत जिल्लाको बराहताल गाउँपालिकामा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले बराहताल गाउँपालिकामा १०८ओैं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।
    सो सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी टेकबहादुर कठायतलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ ।
    सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०८ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सिटिजन्स बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्