News Portal

  • एनएमबिको सीईओमा पुनः सुनिल केसी नियुक्त

    आर्थीकसंसार संवाददाता६ फागुन, २०७७
    २९७३ पटक
    ६ फागुन, २०७७

    काठमाडौं । एनएमबि बैंकको सीईओमा पुनः सुनिल केसी नियुक्त भएका छन् ।
    बुधबार बसेको सञ्चालक समितिको बैठकले सीईओ केसीलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । केसीलाई बैंकले २०७३ साल चैत १ गतेदेखि लागु हुने गरी पहिलोपटक बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको थियो । केसी त्यसअघि बैंकको डेपुटी सीईओ पदमा कार्यरत थिए ।
    केसीले सन् १९९० मा स्ट्याण्डर्ड चाटर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए । त्यसपछि उनी एक वर्ष तत्कालिन एनआइसी बैंकमा आवद्ध भए । त्यसको केही समयपछि नै केसी पुनः स्ट्याण्डर्ड चाटर्ड बैंकमै फर्किए । दुईपटक गरेर उनले स्ट्याण्डर्ड चाटर्ड बैंकमा १८ वर्ष काम गरेका थिए । एनएमबी बैंकमा भने उनी १२ वर्षअघि डिजिएमका रुपमा प्रवेश गरेका थिए र जीएम, डेप्युटी सीईओ हुँदै हाल सीईओका रुपमा काम गरिरहेका छन् । केसीले भारतबाट एमबीए गरेका छन् । बैंकभित्र ट्रेजरी, कर्पोरेट बैंकिङ, फाइनान्स, अपरेशनलगायत क्षेत्रमा बढी काम गरेको अनुभव उनीसँग छ ।

    प्रतिकृया दिनुहोस्