News Portal

  • हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता४ फागुन, २०७७
    १९४३ पटक
    ४ फागुन, २०७७

    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । फागुन ३ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले वर्षको नाफाबाट सेयरधनीलाई ६.७५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    यससँगै सेयरधनीले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३.७५ प्रतिशत नगद लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड रुपैयाँ रहेको छ । ३ प्रतिशत बोनस पछि कम्पनीको चुक्तापुँजी १ अर्ब ९ करोड रुपैयाँ नाघ्ने छ । उक्त प्रस्तावित लाभांश बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद गरी ७.७५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्