News Portal

  • समृद्धि फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने

    आर्थीकसंसार संवाददाता४ फागुन, २०७७
    ९३६ पटक
    ४ फागुन, २०७७

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र बीओके क्यापिटल मार्केट लिमिटेडबीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध गर्नेबारे द्विपक्षीय सम्झौता भएको छ ।
    कम्पनीको हालै सम्पन्न साधारणसभाले २ः१ का दरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । कम्पनीले प्रतिशेयर १०० रुपियाँ दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।
    सो सम्बन्धी कार्य गर्नका लागि कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटललाई नियुक्त गरेको हो । हाल कम्पनीले आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्गलगायतका सुविधाहरु काठमाडौ, हेटौंडा, बुटवल, चितवन र पोखरा शाखाहरुमार्फत गर्दै आएको छ । निकट भविष्यमा थप शाखा सञ्जाल विस्तार गर्ने योजना पनि रहेको कम्पनीले बताएको छ ।

    प्रतिकृया दिनुहोस्