News Portal

  • एनएमबिको क्युआर कोडबाट विर्तामोड कृषि बजारमा कारोबार सुरु

    आर्थीकसंसार संवाददाता१ फागुन, २०७७
    १२५२ पटक
    १ फागुन, २०७७

    काठमाडौं । एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित विर्तामोड कृषि बजारमा क्षेत्रमा क्यु आरमार्फत नगदरहित भुक्तानी सुरु गरेको छ ।
    विर्तामोड कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद पौडेलको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि –बिर्तामोड न.पा. वडा नं. ५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देल, विशिष्ट अतिथि–एनएमबि बैंक प्रदेश १ प्रमुख उत्सव घिमिरे, उक्त बजार व्यवस्थापन समितिका सदस्यहरुलगायत सुरक्षा निकाय, स्थानीय कृषि व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
    बैंकले साना तथा मझौला उद्यमीलाई विगतदेखि केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगदरहित कारोबार प्रवद्र्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोडमार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्गतर्फ प्रोत्साहन गर्ने प्रयास रहेको बैंकले जनाएको छ ।
    कार्यक्रमको औपचारिक शुभारम्भ बैंकका प्रदेश १ प्रमुख घिमिरेले कृषि व्यवसायी अमरबहादुर तामाङ्गको पसलमा विद्यतीय भुक्तानीको प्रयोग गरी सामान खरिद गरेर गरेका थिए भने कार्यक्रम सञ्चालन प्रदेश १ का एरिया म्यानेजर मेघ राज तिम्सिनाले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्