News Portal

  • युनियन लाइफद्वारा बीमा दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता३० माघ, २०७७
    ५०० पटक
    ३० माघ, २०७७

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ३ अर्ब २० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
    कम्पनीले गत आवको सोही अवधिमा २ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३५ प्रतिशतले बढी हो ।
    दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ, जगेडा कोषमा ७३ करोड १३ लाख रुपैयाँ र जीवन बीमा कोषमा ३८ अर्ब १ करोड रुपैयाँ संचित रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ६ अर्ब ३ करोड १८ लाख रुपैयाँ रहेको थियो ।
    दोस्रोे त्रैमासको अवधिमा कम्पनीमा २३ हजार ५२ वटा बीमालेख जारी भएका छन् । पुस मसान्तसम्ममा कम्पनीले १ अर्ब ९६ करोड रुपैयाँ कुल दावी भुक्तानी गरेको छ ।
    चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा कम्पनीले ६ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा १७ प्रतिशतले घटेको छ ।
    जीवन बीमा कम्पनीहरुको हकमा नाफा लेखापरीक्षणको क्रममा बीमांकीय मूल्याङ्कनको क्रममा फेरबदल हुनसक्छ ।

    प्रतिकृया दिनुहोस्