News Portal

  • महिला लघुवित्तको आईपीओ आजदेखि भर्न पाइने

    आर्थीकसंसार संवाददाता३० माघ, २०७७
    १२२२ पटक
    ३० माघ, २०७७

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) आज माघ ३० गतेदेखि भर्न पाइने भएको छ । माघ २८ गतेदेखि जारी गर्ने भनिएको उक्त सेयर दुई दिनपछि अर्थात आजदेखि निष्काशन तथा बिक्री खुला हुन लागेको हो ।
    गत माघ ८ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको लघुवित्तले प्रति सेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो । जसमध्ये ०.५० प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वधारणलाई निष्काशन गरिने संस्थाले जनाएको छ ।
    यससँगै, इच्छुक आवेदकले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार यो आईपीओको निष्काशन बन्द छिटोमा फागुन ५ गते र ढिलामा फागुन १४ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि संस्थाले ईक्रा नेपालबाट ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ क्रेडिट रेटिङ्ग पाएको छ ।
    हाल लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । ४ करोडको आईपीओपश्चात संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

    प्रतिकृया दिनुहोस्