News Portal

  • ज्योति विकास बैंकको हिमालय माध्यमिक विद्यालयलाई सहयोग

    आर्थीकसंसार संवाददाता२७ माघ, २०७७
    ८०६ पटक
    २७ माघ, २०७७

    काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको न्युरोडस्थित हिमालय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको हाम्रो विकास प्रवद्र्धन कोषमार्फत विद्यालयको शौचालयको पुनर्निर्माण गर्नका लागि २ लाख रूपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो ।
    विद्यालयमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय प्रमुख दिलीपराज बराल र बैंकका न्युरोड शाखाका शाखा प्रबन्धक रबिन रेग्मीद्वारा हिमालय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली रत्न शाक्य र विद्यालयकी प्रध्यानाध्यापिका हीरा लक्ष्मी श्रेष्ठलाई शौचालयको पुनर्निर्माण गर्नका लागि २ लाख रूपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरे ।
    हिमालय माध्यमिक विद्यालयले सीमान्तकृत वर्ग र आर्थिक अवस्था कमजोर भएका करिब २०० भन्दा बढी विद्यार्थीहरुलाई न्युनतम शुल्कमा अध्यापन गराइरहेको छ । विद्यालयको संरचनामा सुधार गर्न, अध्यनरत विद्यार्थीहरुको लागि सफा र स्वच्छ शिक्षण वातावरण सिर्जना गर्ने मनसायका साथ शौचालय पुनर्निर्माण गर्न सो सहयोग गरेको हो ।
    नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरु गर्दै आएको छ । बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढी खाताबाट करिब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २३ हजारभन्दा बढी ऋणीहरुलाई करिब ३७ अर्ब रुपैयाँ लगानी गर्न सफल भएको छ ।

    प्रतिकृया दिनुहोस्