News Portal

  • नेपाल इन्स्योरेन्सद्वारा तीनदिने कृषि बीमा अभिकर्ता तालिम

    आर्थीकसंसार संवाददाता१८ माघ, २०७७
    २३४४ पटक
    १८ माघ, २०७७

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले माघ १५ गतेदेखि १७ गतेसम्म कन्चनपुरको महेन्द्रनगरमा तीन दिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कार्यक्रममा दार्चुला, बैतडी, कन्चनपुर र डडेलधुरा जिल्लाका सहकारी संस्थाहरुलगायत स्थानीय कृषक, नगरपालिका कृषि प्राविधिक, जिल्ला पशु सेवा कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
    नेपालमा कृषि क्षेत्रलाई विस्तार एवं प्रबद्र्धन गर्ने, कृषकहरुको काबु भन्दा बाहिरको परिस्थितिबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गरी कृषकहरुलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्न सहयोग गर्ने, कृषि क्षेत्रमा नीजि तथा सहकारी क्षेत्रको लगानी आकर्षित गर्ने, कृषि क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्ने, कृषि उत्पादनलाई बृद्धि गरी आयातलाई प्रतिस्थापन गर्ने कार्यमा कृषि तथा पशुपन्छी बीमाले महत्वपूर्ण भूमिका खेल्ने हुँदा सहभागीहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा गई कृषि तथा पशुपन्छी बीमासम्बन्धी ग्रामिण स्तरका कृषकहरुसम्म पहुँच पुर्याउन प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले अनुरोध गरेका थिए । यसले सुदूरपश्चिम क्षेत्रका कृषकहरु लाभान्वित हुने शाहले बताए ।
    कार्यक्रममा हेल्भीटास कन्चनपुर जिल्लाका प्रमुख टेकबहादुर सिंहले कृषि बीमा सम्बन्धमा प्रदेश सरकारबाट भए गरेका कार्यहरु, आधुनिक कृषि प्रणाली तथा कृषि तथा पशुपन्छी बीमाको नीतिगत, प्रक्रियागत तथा सूचनामुलक समस्याहरु बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सहभागीहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले प्रमाणपत्र वितरण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्