News Portal

  • नबिल बैंकले एसएमई कर्जा दिने

    आर्थीकसंसार संवाददाता१५ माघ, २०७७
    ७२६ पटक
    १५ माघ, २०७७

    काठमाडौं । नबिल बैंकले नेपाल महिला उद्यमी महासंघका सदस्यहरुलाई एसएमई कर्जा दिने भएको छ । गैरनाफामुलक संस्थाको रुपमा रहेको नेपाल महिला उद्यमी महासंघलाई बैंकले एसएमई कर्जा दिनेसम्बन्धी बिहीबार सम्झौता भएको हो ।
    यस रणनीतिक साझेदारीमा कोभिड–१९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरुलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तीय आवश्यकता पूरा गर्न मद्दत पुर्याउनेछ । यसका साथै ती उद्यमीहरुले एफडब्लुइएनबाट वित्तीय सल्लाह र विकास सहयोग पाउने छन् ।

    प्रतिकृया दिनुहोस्