काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको बिहीबार बसेको छैठौं विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
तिनाउ मिसन डेभलपमेण्ट बैंकको १०० कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनलको ९६ कित्ता शेयर ९१ः०.९६० दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंकको माघ १५ गते सम्पन्न वार्षिक साधारणसभाले भने तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई सिटिजन्स बैंक इन्टरनेसनलले प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ ।
दुवै बैंकको विशेष तथा वार्षिक साधारणसभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनललाई तिनाउ मिसन डेभलपमेण्ट बैंक प्राप्ति गर्नका लागि बाटो खुलेको हो । एक महिनाभित्रमा तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंक इन्टरनेसनलका अध्यक्ष राजन सिंह भण्डारीले जानकारी दिँदै डिजिटल प्लेटफर्ममा उल्लेखनीय सहभागिताका लागि शेयरधनीहरुलाई बैंक सञ्चालक समिति सम्पूर्ण सदस्यहरुको तर्फबाट आभार प्रकट गरे ।
माघ १४ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १२६ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १०४ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्तिपश्चात बैंकको कुल १६३ शाखा हुनेछ । सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।
सिटिजन्स बैंकले मिसन डेभलपमेन्टलाई प्राप्ति गर्ने
आर्थीकसंसार संवाददाता१५ माघ, २०७७
१५ माघ, २०७७- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण