News Portal

  • राबा बैंकको ५६औं वार्षिकोत्सव सम्पन्न

    आर्थीकसंसार संवाददाता१० माघ, २०७७
    ९२१ पटक
    १० माघ, २०७७

    १० माघ, २०७७
    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५६औं वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार भर्चुअल रुपमा बैंकको ५६औं वार्षिकोत्सव सम्पन्न भएको हो ।
    वार्षिकोत्सव अवसरमा बैंकले अनलाइनबाट नै खाता खोल्ने सेवा सुरु गरेको छ । यसका साथै बैंकले एकैदिन ५ वटा शाखा कार्यालय र ५ वटा एक्सटेनस्न काउन्टर स्थापना गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त दुई सेवाको भर्चुअल माध्यममार्फत उद्घाटन गरेसँगै । बैंकको स्मारिका पनि विमोचन गरे ।
    बैंकका सिइओ किरणकुमार श्रेष्ठले वार्षिकोत्सवको अवसरमा बैंकले आागामी दिनमा अझ राम्रो गर्दै जाने बताए । यस्तै सो अवसरमा बैंकले वर्षको उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरेको छ ।

    प्रतिकृया दिनुहोस्