News Portal

  • एशियन लाइफले मृत्यु बीमा दाबी भुक्तानी गर्यो

    आर्थीकसंसार संवाददाता८ माघ, २०७७
    ६९४ पटक
    ८ माघ, २०७७

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले सिरहा नपा–१८, सप्तरीका बिमित कारीराम मण्डलको गत कात्तिकमा उपचारको क्रम भई मृत्यु भएकाले निजका श्रीमती रेखा कुमारी मण्डललाई बिमाङ्क रकम र बोनससहित एकमुष्ट चेक हस्तान्तरण गरेको हो ।
    बिराटनगर शाखाका शाखा प्रबन्धक सुजन भण्डारी र कम्पनीका आधिकारीक अभिकर्ता कपिलदेव मण्डललाई अफिसमा एक समारोहको बिच १ लाख १३ हजार ५ सय २४ रुपैयाँ संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् र निज मृतकका श्रीमतीले २ वर्ष अगाडि १ लाख १ हजारको बीमा गरेका थिए । उक्त कार्यक्रममा शाखा प्रबन्धक भण्डारीले बिमा अरुका लागि गरिदिने भन्दा पनि बुझेर आफ्नै लागि हो भन्ने भावनाको विकास गनुपर्ने बताए । उक्त कार्यक्रममा मृतकका परिवार, शिक्षक, समाजसेवी तथा आधिकारीक अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्