News Portal

  • इन्जिनियरलाई मेगाको बिनाधितो लोनसहित दुर्घटना बीमा सुविधा

    आर्थीकसंसार संवाददाता७ माघ, २०७७
    १६४० पटक
    ७ माघ, २०७७

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नेपाल इन्जिनियर्स एशोसिएसनमा आवद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएको छ । बैंकको सीईओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एशोसियशनका अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न बज्राचार्यले यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
    समझदारीअनुसार, इन्जिनियर्स एशोसियसनमा आबद्ध सदस्यहरुले मेगा प्रोफेसनल बचत खाता खोल्न सक्नेछन् । खाता खोल्दा १० लाख रुपैंयासम्मको दुर्घटना बीमाको व्यवस्था गरिएको छ ।
    यसैगरी, इन्जिनियरहरुको पेशालाई सम्मान गर्दै बिनाधितो १५ लाख रुपैयाँसम्म मेगा प्रोफेसनल लोन सुविधाका साथै अन्य विभिन्न सुविधाहरुको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्