News Portal

  • एनसीसी बैंकले तीन अर्बको ऋणपत्र जारी गर्ने बोर्डको अनुमति

    आर्थीकसंसार संवाददाता६ माघ, २०७७
    १२०८ पटक
    ६ माघ, २०७७

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले साढे तीन अर्ब रुपैयाँ बराबरको डिबेन्चर (ऋणपत्र) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै बैंकले १० वर्षे अवधि रहेको सो मात्राको ऋणपत्र निष्काशन गर्ने भएको हो ।
    ‘एनसीसी बैंक ऋणपत्र २०८६’ नामको उक्त ऋणपत्र निष्काशन गर्न कम्पनीले गत माघ ५ गते नै बोर्डको अनुमति पाएको हो । यससँगै बैंकले ९.५ प्रतिशत व्याजदरमा ३० लाख कित्ता ऋणपत्र जारी गर्ने छ । सोमध्ये बैंकले व्यक्तिगत तवरबाट १८ लाख कित्ता र सर्वसाधारण तवरबाट १२ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।

    प्रतिकृया दिनुहोस्