News Portal

  • सूर्या लाईफ इन्स्योरेन्सको १०.५२६ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता५ माघ, २०७७
    ८५० पटक
    ५ माघ, २०७७

    काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको १०.५२६ प्रतिशत लाभांश पारित भएको छ । आज माघ ५ गते बसेको कम्पनीको वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
    यससँगै इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५.५२६ प्रतिशत नगद (कर सहित) गरी सो मात्राको लाभांश पारित गरेको हो ।
    कम्पनीको आव २०७५/०७६ को १२औं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान विराटनगर मोरङ्गमा सम्पन्न भयो ।

    प्रतिकृया दिनुहोस्