News Portal

  • मञ्जुश्री फाइनान्सको नवनियुक्त अध्यक्ष इन्दिरा पन्डित घिमिरेले शपथ लिइन्

    आर्थीकसंसार संवाददाता४ माघ, २०७७
    ९६३ पटक
    ४ माघ, २०७७

    काठमाडौं । मञ्जुश्री फाइनान्सको नवनियुक्त अध्यक्ष इन्दिरा पन्डित घिमिरेले पद तथा गोपनियताको शपथ लिएकी छिन् । उनले आज (माघ ४ गते) नेपाल राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालबाट पद तथा गोपनियताको शपथ लिएकी हुन् ।
    संस्थाको हालै सम्पन्न १३औंं वार्षिक साधारणसभापछि बसेको बैठकले उनलाई संस्थाको अध्यक्ष पदमा नियुक्त गरेको थियो । तेह्रौ वार्षिक साधारणसभाबाट संस्थापक समूहका सेयरधनीकातर्फबाट सञ्चालकको पदका लागि यादव अधिकारी, रामहरी शर्मा र रविनराज देवकोटा र सर्वसाधारण सेयरधनीकातर्फबाट दिलमान सिंह चन्द निर्विरोध निर्वाचित भएका छन् । सभाले २३.५० प्रतिशत लाभांश स्वीकृत गरको छ । जसमध्ये नगद लाभांश ५.५ प्रतिशत र बोनस सेयर १८ प्रतिशत रहेको छ । बोनस सेयर बाँडफाँडपश्चात संस्थाको चुक्ता पुँजी ९६ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
    राष्ट्रिय स्तरको संस्थाले हालसम्म ९ अर्ब रुपैयाँ निक्षेप संकलन तथा ७ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी रहेको छ । काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको संस्थाले न्युरोड काठमाडौं, नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा तथा वीरगञ्जशाखाबाट कारोबार गरिरहेको छ । यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाहलगायत आफ्ना ग्राहकलाई रेमिटान्स, मोवाइल बैंकिङ्ग, एटीएम कार्डलगायतका अन्य आधुनिक बैंकिङ्क सुविधा उपलव्ध गराउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्