News Portal

  • सरकारले ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोग अनुमति प्रदान

    आर्थीकसंसार संवाददाता३ माघ, २०७७
    १३२१ पटक
    ३ माघ, २०७७

    काठमाडौ ।औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ ।
    सरकारले कोभिड–१९ विरुद्धको आपतकालीन खोप प्रयोगका लागि अनुमति दिएपश्चात जनतामा एक प्रकारको खुसी छाएको छ भने कोरोनाबाट मर्न नपर्ने आत्मबिश्वास बढाएका छन् ।
    कोभिड–१९ खोपको आपत्कालीन प्रयोगका लागि दर्ता गर्दा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा खोपको आपतकालीन प्रयोग सम्बन्धी संहिता, २०७७ र ‘कोभिड–१९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी’ अवधारणापत्रलाई आधार मान्ने विभागले अनुमति प्रदान गरेको छ ।
    औषधि व्यवस्था विभागले भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोप नेपालमा आपतकालीन प्रयोग गर्न सरकारले अनुमति दिएपश्चात यस्तो अबस्था आएको हो । विभागको हालै बसेको बैठकले आपतकालीन प्रयोगका लागि भारतीय कम्पनीले तयार पारेको खोप खरिद गर्ने निर्णय गरेको जनाईएको छ । सिरम इन्ष्टिच्यूट कम्पनीले एस्ट्राजेनेकासँगको सहकार्यमा बेलायतको अक्सफोर्ड विश्व विद्यालयद्वारा विकसित खोप उत्पादन गरिरहेको र यसलाई ७० देखि ९० प्रतिशत प्रभावकारी मानिएको बताइएको छ । कोभिड–१९ विरुद्धको खोप विश्वका केही देशहरुले लगाउन सुरु गरिसकेका छन् । तर नेपाललगायत अन्य थुप्रै मुलुकमा अझै पनि कोरोना भाइरस संक्रमणले आम नागरिकको जीवन कष्टकर नै बनाई रहेको छ ।
    विश्वका थुप्रै देशहरुमा यस भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएता पनि कतिपय देशहरुमा भने खोप अझै पुगि सकेको छैन । जो व्यग्र प्रतिक्षामा रहेका छन् । हालसम्म विश्व स्वास्थ्य संगठनले बायो एन्टेकको फाइजर खेपलाई मात्रै आपत्कालीन प्रयोगको अनुमति दिएको हो । अमेरिकी खाद्य तथा औषधि प्रशासनले मोर्डना र अष्ट्राजेनिकालाई बेलायत सरकारले अनुमति दिएको छ । अहिलेसम्म मान्यता प्राप्त खोपहरुमा फाइजर, मोर्डना, स्पुतनिक भी, सिनोर्फाम, कोभ्याक्सिन, अस्ट्राजेनिका र कोभिसिल्ड रहेका छन् । यीमध्ये कोभ्याक्सिन, अष्ट्राजेनिका र कोभिसिल्ड तीनवटा भारतले उत्पादन गरेको खोप हो । भारत सरकारले अष्ट्राजेनिका र कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगको मान्यता दिइसकेको छ । हालै नेपालका परराष्ट्रमन्त्री स्तरीय बैठकमा भारतीय पक्षले कोरोना खोपको आपूर्ति जतिसक्दो चाँडो र सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता यक्त गरेको जनाएको छ । यही माघभित्र कोरोना खोपको पहिलो लट उपलब्ध गराउने जनाइएको छ ।

     

    प्रतिकृया दिनुहोस्