News Portal

  • नेपाल इन्फ्रास्ट्रकचर बैंकको आइपीओमा पहिलो दिनमै २ लाख ८५ हजारले दिए आवेदन

    आर्थीकसंसार संवाददाता२ माघ, २०७७
    ५०४ पटक
    २ माघ, २०७७

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकले निष्काशन गरेको आइपीओमा पहिलो दिनमै साढे २ लाख बढीको आवेदन परेको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार शुक्रबार ४ः४० बजेसम्म आइपीओमा २ लाख ८५ हजार आवेदकले ३ करोड ७० लाख कित्ताको लागि आबेदन दिएका छन् ।
    बैंकले निष्काशन गरेको आइपीओमा पहिलो दिनको दिउँसो ४ः४० बजेसम्ममा २ लाख ८५ हजार ३ सय १८ जना आवेदकबाट ३ अर्ब ७० करोड रुपैयाँ बराबरको ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताको लागि आबेदन परेको छ ।
    पहिलो दिनमा निफ्राको आइपीओमा परेको माग कुल निष्काशनको झन्डै आधा हो । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गर्न लागेको हो ।
    जसमध्ये ० दशमलव २० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने छ ।
    कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले इक्राएनपी बीबीबी रेटिङ प्रदान गरेको छ । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । उक्त आईपिओ छिटोमा माघ ६ गते बन्द हुनेछ भने ढिलोमा अर्थात सबै बिक्री नभएको अवस्थामा माघ १६ गते निष्काशन बन्द हुनेछ ।

    प्रतिकृया दिनुहोस्